बाल अधिकार समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-३ स्थित सुर्योदय माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाहविरुद्ध ०८० वैशाख ३१ गते पलासेमा सडक नाटक प्रदर्शन गरेको छ ।
बालविवाह गर्दा व्यक्तिगत तथा सामाजिक समस्याहरू धेरै उत्पन्न हुने र समाजमा यस्ता समस्याहरू रोकथामको प्रयास गर्न सबैको सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।
राक्सिराङ गाउँपालिकामा बढदो बालविवाहविरुद्ध सचेतिकरण गर्ने उद्देश्यले प्रस्तुत गरिएको सडक नाटकमा सानो उमेरमा विवाह गर्दा बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने, घरेलु हिंसामा पर्ने र स्वास्थ्यमा गम्भीर असर पार्ने जस्ता विषयहरू समेटिएको थियो ।
बाल अधिकार चेतना समूहको अध्यक्ष कञ्चन मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सिताराम सुबेदीको रहेको थियो ।
बालबालिकाको लागि व्यक्तित्व विकासका लागि संस्थाले बेलाबेलामा तालिम र अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो । नाटकको माध्यामद्वारा सचेतना पुर्याउने विद्यार्थी प्रती उहाँले आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सुर्योदय माध्यामिक विद्यालयका प्रधानाध्यापक सिताराम सुबेदी, प्रजा माविका विद्यालय व्यवस्थापन अध्यक्ष, प्रजा माविको शिक्षिका शर्मिला पौडेल, सुर्योदय माविको सहायक प्रधानाध्यापक लगाएतकाको आतिथ्यता रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
नेतृत्व विकास र पैरवी तालिम सम्पन्न
मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई नेतृत्व विकास तथा पैरवी तालिम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा दुई दिने तालिम असोज ९ वीरेन्द्रनगरमा…
श्री राष्ट्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिबाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया…
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।…
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…