बाल अधिकार समूहद्वारा छुवाछुत तथा लैङ्गिक हिंसासम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले छुवाछुत तथा लैङ्गिक हिंसासम्बन्धी ०८० असार ८ गते चैनपुरमा सडक नाटक प्रदर्शन गरेको छ ।
उक्त नाटक प्रदर्शनमा लैङ्गिक विभेद तथा जातीय छुवाछुत, जस्ता समस्या रहेकाले समस्यासँग सरोकार राख्ने सबैको पहिचान गर्दै समस्याहरू समाधानका लागि कार्ययोजना बनाई काम गर्ने बाल अधिकार समूह अध्यक्ष सजल गौतमले बताउनु भयो ।
हिंसा अन्त्य गर्न र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्ने श्री पशुपति माध्यामिक विद्यालयमा गठन भएको प्रद्यानाध्यापक भानुभक्त आचार्यले उल्लेख गर्नुभयो । सबै बालबालिकाले सबैमा जनचेतना जगाउनुनै समाजमा सकारात्मक सन्देश गएको प्रद्यानाध्यापक आचार्यले बताउनु भयो ।
बाल अधिकार समूहद्वारा महिला हिंसा र मानव बेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शनमा बाल अधिकार समूह अध्यक्ष सजल गौतम, श्री पशुपति माध्यामिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सहायक प्रद्यानाध्यापक शुशिल गौतम, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…