बाल अधिकार समूहद्धारा सडक नाटक प्रदर्शन
बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा चैत १ गते सडक नाटक प्रदर्शन गरको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको सहयोगमा ‘शिक्षा र स्वास्थ्यमा सचेतना बढाऔं, बालबालिकाको भविष्य सुनौलो बनाऔं’ शिर्षकमा नाटक प्रदर्शन गरिएको हो ।
नाटकमा रोजिना अधिकारी, विद्या बुढाथोकी, दिब्या अधिकारी, अभय नेपाली, सृष्टि नेपाली, आयुष अधिकारी र उत्तम अधिकारीले विभिन्न भूमिकामा रहेर नाटकमा अभिनय गरेका थिए ।
कास्की क्षेत्र नं.– ३ का प्रतिनिधिसभा सदस्य दामोदर बैरागी पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम अधिकारी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले विद्यार्थीहरूले नाटकमा जिवन्त अभिनय गरेको बताउनुु भयो ।
नाटकमा समाजमा देखिएको वास्तविक घटनालाई चित्रण गरिएकाले शिक्षा र स्वास्थ्यमा सचेतना फैलाउन सहयोग पुग्ने उहाँहरूले प्रतिक्रिया दिनु भयो ।
नारायण केसी
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…