बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन

  ०८० जेठ २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा  गठित बाल अधिकार समूहले माछापुच्छ्रे– ४ लाचाहोकको महेन्द्र माविमा वैशाख ३१ गते सडक नाटक प्रदर्शन गरेको छ ।

346108405_641741127769063_1054687361171034589_n

‘जातीय भेदभाव अन्त्य गरौँ, सभ्य समाजको निर्माण गरौँ, शिर्षकमा समूहका विद्यार्थी सृष्टि नेपाली, दिव्या अधिकारी, रेजिना अधिकारी, विद्या बुढाथोकी र आशिष अधिकारीले अभिनय गर्नु भएको थियो । प्रतिकूल माैसमका कारण नाटक  विधालयकाे सभाहल भित्र गरिएकाे  थियाे ।

विद्यालयका प्रधानाध्यापक जगनाथ अधिकारीले बालबालिकाको क्षमता अभिवृद्धि गर्न इन्सेकले गरेको सहयोगलाई धन्यवाद दिनुभयो ।

विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावक गरी २ सय जनाको सहभागितामा नाटक देखाइएको हो । समूहका संरक्षक शिक्षक नवराज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

346136668_779748516987643_670433185788692139_n346107909_1634451850406428_2326684742668007952_n

नारायण केसी