बाल अधिकार समूहका सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

  ०७९ पुस ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा राक्सिराङ गाउँपालिका-३ स्थित सूर्योदय माध्यमिक विद्यालयमा ०७९ पुस ८ गते बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि मानव अधिकारसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

तालिममा राक्सिराङ गाउँपालिका-३ स्थित सूर्योदय माध्यमिक विद्यालय र राक्सिराङ गाउँ-५ स्थित प्रजा जागृति आधारभूत विद्यालयमा गठित बाल अधिकार चेतना समूहका २९ जना बालबालिकाको सहभागिता रहेको थियो ।

तालिममा बाल अधिकार र बालबालिकाको कर्तव्य, बाल यौन दुर्व्यवहार, मानव अधिकारको ऐतिहासिक पृष्ठभूमी बाल अधिकारसम्बन्धी नेपालको संविधानले गरेको व्यवस्था तथा कानुनी प्रावधान र बाल भित्तेपत्रिका प्रकाशन लगायतका विषयहरूमा सहजीकरण गरिएको इन्सेकका सहजकर्ता सलीना गौतमले जानकारी दिनुभयो ।

Photo6makawanpur20790908

गौतमले यस पालिकामा पालिका स्तरीय मानव अधिकार समूह र दुई ओटा विद्यालयमा बाल अधिकार चेतना समूह गठन गरी मानव अधिकार शिक्षा प्रवर्धनका लागि कार्यक्रम सुरु गरिएको जानकारी दिनु भयो ।

तालिममा सञ्चारकर्मी तथा मनहरी एफएमका प्रवन्धक शिवकुमार रिजाल काशी र इन्सेक बागमती प्रदेश कार्यालयकी फोकल पर्सन बालुका न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

तालिमको उद्घाटन गर्दै राक्सिराङ गाउँपालिका ३ नं वडाध्यक्ष उत्तम वाइबाले बालबालिकाहरूले बाल अधिकार र मानव अधिकारका बारेमा सानैदेखि बुझ्दै जानुपर्ने आवश्यकता औल्याउँदै त्यो अवसर जुटाइदिएकामा इन्सेकलाई धन्यवाद दिनुभयो ।

Photo2makawanpur20790908

कार्यक्रमको उद्घाटन पुस ७ गते सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीको सभाध्यक्षतामा भएको हो । प्रधानाध्यापक सुवेदीले तालिमले अतिरिक्त ज्ञान र सीप आर्जन हुने हुँदा त्यसलाई व्यवहारमा लागु गर्न तालिमका सहभागी विद्यार्थीलाई आग्रह गर्नु भयो ।

इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकामा तीन  मानव अधिकार शसक्तिकरणको क्षेत्रमा काम गर्ने फोकल पर्सन न्यौपानेले बताउनु भयो ।

Photo1makawanpur20790908

पुष्पराज अधिकारी