बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ ।
तालिममा यशोधरा मावि र रत्नराज्य लक्ष्मी मावि तौलिहवाका बाल अधिकार समूहका ३२ जना सदस्यहरू र संरक्षक शिक्षकको सहभागिता रहेको छ ।
उक्त तालिममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले दुई दिन सम्म संचालन हुने तालिमको उद्देश्यमाथि प्रकाश पार्दै बालबालिकाहरूको वौद्धिक विकास र उनीहरूको हक अधिकारको सुनिश्चित गर्नकोलागि तालिमको आयोजना गरिएको बताउनु भयो ।
तालिममा रत्न राज्य लक्ष्मी माविका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरीले मानव जिवनमा बाल बालिकाहरूकालागि चौतर्फी बिकासकोलागि तालिम महत्वपूर्ण भएको बताउनु भयो ।
मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले बालबालिकाहरूले आफ्नो अधिकारको बिषयमा जान्न र बुझ्न जरुरी रहेको बताउदै शिक्षाको अधिकारसँगै कर्तव्यको समेत पालना गर्न आवश्यक भएको बताउनु भयो ।
कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले बाल अधिकार , बाल अधिकारको क्षेत्रका प्रकार , बाल अधिकार संरक्षणमा शिक्षाको भूमिका , स्थानिय निकायको भूमिका , कपिलवस्तु नगरपालिकाको नीति तथा कार्ययोजनाको बिषयमा सहजीकरण गर्नुभयो ।
अधिवक्ता राजुकुमार श्रीवास्तवले बाल अधिकार के हो ? बाल अधिकार सम्बन्धि कानुनी प्रावधानहरू , समस्याहरू , वाल अधिकारको ऐतिहासिक पृष्ठभूमि , बाल अअधिकार महासन्धिमा रहेका प्रवधानहरूका बिषयमा सहजीकरण गर्नुभयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…
गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका…