बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन

  ०७९ चैत ३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार) मा चैत २ गते सडक नाटक प्रदर्शन गरेको छ ।

sadak natak 1

sadak natak 5

sadak natak 4

sadak natak 2

स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल क्लबको समूहले सडक नाटक प्रदर्शन गरेका हुन् ।

नाटकले समुदायमा बालविवाह कायमै रहेको र यसले गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यक्ति र समाजलगायत विविध क्षेत्रहरूमा नकरात्मक प्रभाव परेको कुरा दर्साउन खोजेको थियो । दाइजो प्रथाको कारणले महिला माथि हुने हिसां जस्ता विकृतिलाई कसरी न्यूनिकरण गर्ने बारे सन्देश पनि नाटकको मध्यमद्वारा दिन खोजिएको बाल अधिकार सचेतना समूहका शिक्षक तथा प्रतिनिधी विश्वनाथ महतोले बताउनुभयो । नाटकको मुख्य सन्देश महिला सशक्तिकरण र बालविवाहले निम्ताएको समस्यामा केन्द्रित रहेको बालअधिकार सचेतना समूहका मधेस प्रदेश सचिव दिवेश कुमार महतोले बताउनुभयो ।

दिपेन्द्र प्रसाद सिंह