बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिका–२ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले मिथिला नगरपालिका–५ को रामलक्ष्मण चौकमा सडक नाटक प्रदर्शन गरेका छन् ।
वैशाख २६ गते राष्ट्रिय कानुन दिवसको अवसरमा स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन सडक नाटक प्रदर्शन गरेको हो ।
सडक नाटक हेर्न मिथिला नगरपालिका–५ का वडाअध्यक्ष रामचन्द्र महतो, वडासचिव सत्यमान थिङ्ग लगायतको समेत उपस्थिति रहेको थियो । बाल अधिकार सचेतना समूह मधेस प्रदेश सचिव राज यादवले इन्सेक मधेस प्रदेशको सहयोगमा बाल अधिकार सचेतना समूहले प्रदर्शन गरेको सो सडक नाटक हेर्न उल्लेख्य स्थानीयहरूको भीड रहेको बताउनुभयो ।
नाटकमा जनता माध्यमिक विद्यालय नक्टाझिजका बाल अधिकार समूहका कलाकारहरू धमेन्द्र कुमार महतो, श्रवण यादव, जयप्रकाश महतो, ललित कुमार महतो, प्रिन्स कुमार सिंह, सुलोचना सिन्हा र सुजिता कुमारी महतो लगायतले समुदायमा सचेतनाका लागि अभिनय गरेका थिए ।
सडक नाटक प्रदर्शनको क्रममा कलाकारहरूले छोरीको शिक्षामा गरिने भेदभाव, शिक्षामा सबैको समान पहुँच, छुवाछुत, मानवीय उपचारमा हुने लापरवाही, वातावरणीय सरसफाइ, विभिन्न हिंसा तथा विसंगतिविरुद्ध अभिनय मार्फत समाजमा सचेतना जगाउन सन्देश प्रवाह गरेको इन्सेकका जिल्ला सहजकर्ता अनिता यादवले जानकारी दिनुभयो ।
यता सो सकड नाटक हेरेपछि मिथिला नगरपालिका–५ का वडाअध्यक्ष रामचन्द्र महतोले समाजमा व्याप्त रहेको विभिन्न भेदभाव्, छुवाछुत, छोरा छोरीको शिक्षामा अभिभावकद्वारा गरिने असमान व्यवहार, सरसफाइको अभावमा हुने असर लगायतको विषयलाई महत्वका साथ उठान गरेकोले समाजको आँखा खोल्न यस्ता सडक नाटक ठाउँ ठाउँमा गर्न आवश्यक रहेको बताउनुभयो ।
अजयकुमार साह
सम्बन्धित इन्सेक गतिविधिहरू
नेतृत्व विकास र पैरवी तालिम सम्पन्न
मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई नेतृत्व विकास तथा पैरवी तालिम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा दुई दिने तालिम असोज ९ वीरेन्द्रनगरमा…
श्री राष्ट्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिबाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया…
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।…
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…