बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समुहले वैशाख १५ गते बटेश्वर गाँउपालिकामा सडक नाटक प्रदर्शन गरेको छ ।
बटेश्वर गाउँपालिका स्थित श्री शिव शक्ति माध्यमिक विद्यालय, बटेश्वर र श्री लक्ष्मी माध्यमिक विद्यालय, चित्रपुरका बाल अधिकार सचेतना समूहले सोहि गाँउपालिकाको राम्रो चौकमा “दलित प्रतिको विभेद” नामक सडक नाटक प्रदर्शन गरेको छ ।
नटकले समुदायमा जातीय भेदभाव तथा दलितहरूमाथी हुने अमानवीय व्यवहार जस्ता सामाजिक कुरिति यथावत रहेको र दलितहरू माथि हुने विभेद न्यूनीकरण बारे सन्देश दिन खोजिएको बाल अधिकार सचेतना समूह मधेस प्रदेशका अध्यक्ष हरिचन्द्र साहले बताउनुभयो । सबै मानिसहरू समान हुन् । कोहि पनि उच्च र तल्लो जातका हुँदैनन् । नेपालको संविधान २०७२ मा पनि विना भेदभाव सबैलाई समान अधिकार उल्लेख भएको अध्यक्ष साहले बताउनु भयो ।
समुदायमा व्याप्त रहेको विकृति र कुरितिलाई अन्त्य गर्न समुदायका व्यक्तिहरू सचेत हुनुपर्ने साथै जिम्मेवार निकायलाई जवाफदेही बनाउने नाटकको मुख्य उदेश्य रहेको थियो ।
सडक नाटक प्रदर्शनमा श्री शिव शक्ति माध्यमिक विद्यालय बटेश्वर र लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरका विधार्थीहरू सहभागी भएका थिए । सोहि सडक नाटक प्रदर्शन कार्यक्रममा बटेश्वर गाउँपालिका–४ का वाडा अध्यक्ष निरज कार्की, श्री शिव शक्ति माध्यमिक विद्यालय बटेश्वरका प्रधानाध्यापक प्रमोदशरण केवट, इन्सेक धनुषा जिल्ला सहजकर्ता अनिता यादव, वाडा सदस्यहरू र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
इन्सेक मधेस प्रदेश कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…