बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक प्रदर्शन गरेको छ ।
मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार सचेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो ।
“दाइजो प्रथा रोकथाम र बालविवाहले निम्ताएको समस्या” नामक सडक नाटकमा समुदायमा दाइजो प्रथा यथावतै रहेको र महिला माथि हुने हिंसा न्युनिकरण बारे सन्देश दिन खोजिएको इन्सेक धनुषा सहजकर्ता अनिता यादवले बताउनुभयो ।
समुदायमा व्याप्त रहेको विकृति र कुरितिलाई अन्त्य गर्न हामी समुदायका व्यक्तिहरू सचेत हुनुपर्ने नाटक मार्फत् सन्देश दिन खोजिएको बाल अधिकार सचेतना समूहका महेन्द्र माविका प्रधानाध्यापक रामकुमार महतोले बताउनुभयो ।
सडक नाटक प्रदर्शनमा शिक्षक, अभिभावक, संस्थाका प्रतिनिधीहरूलगायत सयौंको संख्यामा स्थानियहरूको उपस्थिति रहेको थियो ।
दिपेन्द्र प्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…
बाल अधिकार समूहद्धारा सडक नाटक प्रदर्शन
बाल अधिकार समूहले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र मा.वि.मा चैत १ गते सडक नाटक प्रदर्शन गरको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको सहयोगमा ‘शिक्षा र स्वास्थ्यमा…