बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ ।
बालबालिकाहरूले घरेलु हिंसा, श्रम शोषण र लैंगिक हिंसाले आर्थिक, समाजिक अवस्थामा निम्त्याउने परिणामका बारेमा सडक नाटक मार्फत प्रदर्शन गरेका थिए ।
श्री नेरामावि, भाटनपुर्वाका प्राधानाध्यापक अयोध्याप्रसाद यादवले विद्यालयमा मधेशी समुदायका विद्यार्थी रहेको र समूदायमा शिक्षाको कमीले हिंसाका घटना घट्ने गरेको बताउदै लैंगिक हिंसा विरूद्धको १६ अभियानको अवसरमा बाल अधिकार सचेतना समूहले विद्यालयको सहकार्यमा सचेतना दिने प्रयास गरेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजकुमार धोवीले विद्यालयमा अतिरिक्त क्रियाकलापमा सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिँदै सडक नाटकबाट बालबालिकाले लैगिक हिंसा विरूद्धको सडक नाटकबाट सचेतना मूलक सन्देश दिएको बताउनु भयो ।
इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले उक्त विद्यालयमा विगत दुई वर्षदेखि इन्सेकले कार्यक्रम सञ्चालन गरीरहेको बताउनु भयो ।
बाल अधिकार सचेतना समूह सङ्रक्षक शिक्षक शिला श्रेष्ठले बाल बालिकाको नेतृत्व विकास ,क्षमता अभिवृद्धिसँगै समूदायमा महिला माथि हुने घरेलु हिंसा ,श्रम शोषण र लैंगिक हिंसामा सचेनता जगाउन सडक नाटकको आयोजना गरेको बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश, कार्यालय नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…