बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा ०८० असोज १२ गते जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा २९ सदस्यीय बाल अधिकार सचेतना समूह गठन भएको छ ।
कार्यक्रममा बालअधिकार सचेतना समूहले मासिक बैठक बस्ने, सडक नाटक गर्ने, वातावरण संरक्षण सम्बन्धी कार्यक्रमको आयोजना गर्ने, पदाधिकारीलाई क्षमता अभिवृद्धि कार्यक्रम, हाजिरीजवाफ तथा क्षमता अभिवृद्धि कार्यक्रम, विद्यालयमा छात्राहरूको लागि सेनेटरी प्याडको व्यवस्था गर्ने निर्णय गरेको छ ।
बालअधिकार सचेत समूहको पुनर्गठन बैठकबाट चयन भएका पदाधिकारीमा अध्यक्ष ललितकुमार महतो, वरिष्ठ उपाध्यक्ष नेहा कुमारी महतो, उपाध्यक्ष रिना साह, सचिव धर्मेन्द्र कुमार महतो, सहसचिव कञ्चन कुमारी महतो, कोषाध्यक्ष रूपनारायण महतो, कार्यक्रम व्यवस्थापन उज्ज्वल कुमार महतो, सल्लाहकार राजकुमार यादव, संरक्षक शिक्षक विश्वनाथ महतो रहनुभएको छ ।
कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बाल अधिकार चेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागीता जनाउने र व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रममा इन्सेक मधेस प्रदेश कार्यालयको सहायक अधिकृत बरुण बस्याल, बालअधिकार सचेतना समूहको प्रदेश सचिव दिवेश महतो, धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको सहभागिता थियो ।
सन्तोष कुमार यादब
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्लाको मानव अधिकार अवस्था सन्तोषजनक छैन : न्यायाधीस डा. थपलिया
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा १० डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्लाको मानव अधिकार अवस्था विषयमा ०८० मङ्सिर २३ गते छलफल कार्यक्रम गरिएको छ । इन्सेक, मानव अधिकार…
सङ्क्रमणकालीन न्यायको मुद्दामा सरकार गम्भीर छ : मन्त्री जिसी
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सङ्क्रमणकालीन न्यायका विषयमा कर्णाली सरकार गम्भीर रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा इन्सेक लगायतका गैरसरकारी संस्थाहरुको…
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…