बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण

  ०८१ जेठ ३१ गते

Shambhunath (18)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित रामदयाल माध्यमिक विद्यालयमा ०८१ जेठ २९ गते बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।

सुर्यनारायण पालको अध्यक्षतामा गठित २५ सदस्यीय बाल अधिकार सचेतना समूहको उपाध्यक्षमा आईशा परबिन, सचिवमा चाँदनी कुमारी सरदार, सहसचिवमा नितीश कुमार पासवान, कोषाध्यक्षमा दिपेश मण्डल र संरक्षक शिक्षकमा अशोक साह चयन हुनुभएको इन्सेक सहजकर्ता अजय परियारले जानकारी दिनुभयो ।

बालबालिकाहरूले आफ्नो हक, हितको बारेमा जानकारी पाउन भनेर सहज वातावरण बनाइ दिएकोमा इन्सेकलाई धन्यवाद दिनुहुँदै प्रधानाध्यापक उमेश भगतले बालबालिकाहरूले आफ्नो अधिकारसँगै अनुशासन, कर्तव्यबारे पनि बोध गर्न जरुरी रहेको बताउनु भयो ।

संरक्षक शिक्षक अशोक साहले कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन निर्माणमा मात्र नभई विद्यालयका अन्य गतिविधिमा समेत बालबालिकाहरू सकारात्मक साेचका साथ लागि पर्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागिता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, शैक्षिक वातावरणमा सकारात्मक सहयोगका लागि सहजिकरण गर्ने कार्य बाल अधिकार सचेतना समूहबाट हुने इन्सेक जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो ।

Shambhunath (19)

मनोहरकुमार पोखरेल