बाल अधिकार सचेतना समूहको कार्ययोजना बैठक सम्पन्न

IMG-20231129-WA0011
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।

नवगठित बाल अधिकार समूहले कार्ययोजना अनुसार मङ्सिर १८ र १९ गते सडक नाटक प्रदर्शन गर्ने निर्णय गरेको छ । बाल विवाह, दाइजो प्रथा, महिला हिंसा न्यूनिकरणका निम्ति सडक नाटक प्रभावकारी हुने संरक्षक शिक्षक मनोज कुमार चौधरीले बताउनु भयो ।

सडक नाटक पछि समुदायमा बाल विवाह, महिला हिंसा, दाइजो प्रथाबारे धारणा परिवर्तन हुने तथा समाजमा सचेतना फैलिने बिद्यालयका निमित्त प्रधानाध्यापक अरबिन्द कुमार यादवले विश्वास व्यक्त गर्नु भयो । उक्त कार्यक्रम पछि सामाजमा छोराछोरीमा हुने भेदभाव, बाल अधिकार र महिला हिंसा विरूद्ध चेतना जागृत हुने समूहका अध्यक्ष अरूण कुमार साहले बताउनु भयो ।

बैठकको समन्वय गर्दै इन्सेक सप्तरी सहजकर्ता अजय परियारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्य बारे प्रकाश पार्नु भयो ।

IMG-20231129-WA0010

मनोहरकुमार पोखरेल