बाल अधिकार सचेतना समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित रामदयाल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० कात्तिक २० गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।
नवगठित बाल समूहले कार्ययोजना अनुसार कात्तिक २४ गते सडक नाटक प्रदर्शन गर्ने निर्णय गरेको छ । बाल विवाह, दाइजो प्रथा, महिला हिंसा न्यूनिकरणका निम्ति सडक नाटक प्रभावकारी हुने भन्दै निर्णय गरिएको संरक्षक शिक्षक अशोक कुमार साहले बताउनु भयो ।
सडक नाटक पछि समुदायमा बाल विवाह, दाइजो प्रथाबारे धारणा परिवर्तन हुने र नागरिक समाजमा सचेतना फैलिने विद्यार्थीहरूले विश्वास गरेका छन् । सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउन प्रभावकारीे बन्दै गएको सडक नाटकको माध्यमले समस्या समाधानका लागि आमजनतालाई जागृत गराउन सकिने समूहका अध्यक्ष जयप्रकाश दासले बताउनु भयो ।
छोराछोरीबीचको विभेद, बालविवाह, बालविवाहले स्वाथ्यमा पर्ने असर र पारिवारिक बोझ, बाल श्रम, महिला हिंसालगायत समस्याको न्यूनीकरणका लागि मैथिली भाषामा गरिने नाटक आम व्यक्तिलाई बुझ्न पनि सजिलो हुने शिक्षक हरीनारायण चौधरीले बताउनु भयो ।
बैठकको समन्वय गर्दै इन्सेक सप्तरी सहजकर्ता अजय परियारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्य बारे प्रकाश पार्नु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…
जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–४ स्थित श्री शिव शक्ति माध्यमिक विद्यालयमा गठन गरिएको बालअधिकार सचेतना समूहले ०८० मङ्सिर १३ गते सोही गाउँपालिकाको बजार चौकमा जनचेतनामूलक सडक नाटक…
माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकार समूहको १३ बुँदे ध्यानकर्षण पत्र
माछापुच्छ्रे गाउँपालिकाको मानवअधिकार समूहले गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्याललाई १३ बुँदे माग राख्दै मङ्सिर १४ गते ध्यानकर्षण पत्र बुझाएका छन् । मानव…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर १२ गते शम्भुनाथ नगरपलिका–१० लहरनिया टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…