बाल अधिकार सचेतना समूहको पुनर्गठन कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा बाल अधिकार सचेतना समूहको आयोजनामा जानकी गाउँपालिका– ६ भाटनपुर्वास्थित श्री नेपाल राष्ट्रिय माविमा असोज २२ गते बाल अधिकार सचेतना समूहको पुर्नगठन सम्पन्न भएको छ ।
अंकिता धोबीको अध्यक्षतामा २१ सदस्यीय समूह पुनरगठन गरिएको हो । जसमा उपाध्यक्ष अल्ताफ सल्मानी, सचिव आशाराम यादव, सह सचिवमा मुस्कान दर्जी, कोषध्यक्षमा सेजल गुप्ता रहेको संरक्षक शिक्षक शिला श्रेष्ठले बताउनु भयो ।
समूहले वातावरणसम्बन्धी चित्रकला प्रतियोगिता गर्ने , समूहको बैठक प्रत्येक त्रैमासिक बस्ने, मासिक भित्रेपत्रिका प्रकाशन गर्ने, अतिरिक्त क्रियाकलाप विद्यालयको वार्षिक योजना अनुसार गर्ने, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकबिच अन्तरक्रिया बैठक गर्ने, सडक नाटक मङ्सिर र माघ महिनामा गरी दुईपटक गर्ने जस्ता कार्ययोजना बनाएको समूह सचिव आशाराम यादवले बताउनु भयो ।
इन्सेकले शिक्षा, स्वास्थ्य, लैंगिक विभेदविरूद्ध, वातावरण अधिकार लगायतका विषयमा उक्त विद्यालयमा विगत एक वर्षदेखि बाल अधिकार सचेतना समूह मार्फत कार्यक्रम चलाउँदै आएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…