बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) मधेस प्रदेश कार्यालयद्वारा ०८० असोज १२ गते श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका अध्यक्ष आनन्द महतोको अध्यक्षतामा ३९ सदस्यीय बाल अधिकार सचेतना समूह गठन भएको छ ।
बालअधिकार सचेतना समूहको पुनर्गठन बैठकबाट अध्यक्षमा आनन्द महतो, उपाध्यक्ष सीता सिंह राजपुत, वरिष्ठ उपाधक्ष्य निर्शी शर्मा, सचिव लक्ष्मीप्रसाद यादव, सहसचिव लक्ष्मी ठाकुर, महासचिव सन्देस कुमार साह, कोषाध्यक्ष संगीता महतो, संरक्षक शिक्षक निर कुमार शर्मा चयन हुनुभएको थियो ।
उक्त कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बाल अधिकार सचेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापहरूमा सहभागिता जनाउने र व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने बताउनुभयो ।
संरक्षक शिक्षक निर कुमार शर्माले “बालबालिकाहरू आफ्नै पहलमा वार्षिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन निर्माण मात्र नगरि, विद्यालयका अन्य गतिविधिमा समेत सकारात्मक सोचका साथ लागि पर्ने” बताउनु भयो ।
बाल अधिकार चेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागीता जनाउने, व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने, शैक्षिक वातावरणमा सकरात्मक सहयोग गर्ने तथा विद्यालय प्रशासनलाई सचेत पार्नुको साथै बालमैत्री विद्यालय निर्माणमा सहयोगी भूमिका खेल्ने इन्सेक मधेस प्रदेश कार्यालयका सहायक अधिकृत बरुण बस्यालले बताउनु भयो ।
बालअधिकार सचेतना समूहको प्रदेश सचिव दिवेश महतो, धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको सहभागिता थियो ।
सन्तोष कुमार यादब
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…