बाल अधिकार सचेतना कोष परिचालन हस्तान्तरण

  ०८१ पुस १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत जानकी गाउँपालिका–६, भाटनपुर्वास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहको अतिरिक्त क्रियाकलापका लागि ७ हजार रुपियाँ कोष परिचालन हस्तान्तरण गरिएको छ ।

बाल अधिकार सचेतना समुहकी अध्यक्ष अङ्गिता वर्माले बाल अधिकार, नेतृत्व विकास र अन्य अतिरिक्त क्रियाकलापमा शिक्षक र समूहको सहकार्यमा कार्यक्रम गर्ने प्रतिबद्धता सहित इन्सेकलाई सहयोगको लागि धन्यवाद दिनुभयो । बाल अधिकार सचेतना समुहको संरक्षक शिक्षक शिला श्रेष्ठले समुहका बालबालिकाले योजना बनाई विभिन्न कार्यक्रम गरी विद्यार्थीहरूको थप हौसला बढाउन र विद्यालय प्रशासनमा पनि सहयोग पुगेको उहाँले बताउनु भयो ।

बाल अधिकार समुहले बनाएको कार्ययोजना कार्यान्वयनका लागि इन्सेकले विगत दुई वर्षदेखि उक्त समूहलाई कोष परिचालन गर्दै आइरहेको जसले गर्दा बालबालिकाहरूको बौद्धिक तथा नेतृत्व विकासमा टेवा पुगेको इन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्लले बताउनु भयो ।

Photo03012024Banke

ध्रुबराज शर्मा