बाल अधिकार परिचालन कोष हस्तान्तरण

  ०८१ असोज ६ गते

बराहताल गाउँपालिका–७, लामाखालीस्थित सूर्यज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ ।

इन्सेक कर्णाली प्रदेशको आयोजनामा ०८१ असोज ५ गते मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत विद्यालयका प्रधानाध्यापक केशरबहादुर गाैतमलाई समूहका लागि ७ हजार रुपियाँ चेक मार्फत हस्तान्तरण गरिएको हो । उक्त रकम इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन ललिता विकले हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापक केशरबहादुर गाैतमले उक्त रकमले बाल अधिकार समूहलाई आगामी दिनमा पनि कार्यक्रमहरू गर्न प्रेरित गर्ने बताउनु भयो । यस रकम मार्फत बाल अधिकार समूहले शिक्षा र समग्र बाल अधिकारका सवालमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्ने उहाँले बताउनु भयो ।

इन्सेकद्वारा गठित हरेक बाल अधिकार समूहलाई विगतदेखि नै बाल अधिकार परिचालन कोष हस्तान्तरण गर्दै आएकाे फाेकल पर्सन विकले जानकारी दिनुभयो ।

Photo22092024Surkhet,

जगतदल जनाला विक