बाल अधिकार चेतना समूह यशोधराले बुझायो ध्यानाकर्षणपत्र
कपिलवस्तु नगरपालिका–३ स्थित श्री यशोधरा माविमा इन्सेकद्वारा गठन भएको बाल अधिकार चेतना समूहका पदाधिकारीहरूले जेठ ७ गते बैठक बसी विद्यालयको समस्याहरूको पहिचान गरी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवालीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
उनीहरूले जेठ ८ गते पेश गरेको ध्यानाकर्षणपत्रमा विद्यार्थीहरूको क्षमता अभिबृद्धि गर्न विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापहरूको आवश्यकता, शुद्ध पीउने पानी र शौचालयमा साबुन पानीको व्यवस्था नभएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
वर्षात्का बेलामा विद्यालय प्राङ्गणमा पानी जम्ने, खेलकुद सामग्रीहरूको अभाव, विद्युतको समस्या, विज्ञान प्रयोगशालाको प्रयोग नहुनु, प्राथमिक उपचार सामग्रीको अभाव, विद्यालयमा अतिरिक्त क्रियाकलाप नहुनु, विद्यालयको पर्खाल नै नहुनु लगायतका विषयहरूमा छलफल तथा पहिचान गरिएको बाल अधिकार समूहले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
विद्यार्थीहरूको क्षमता अभिबृद्धि गर्न, विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाइएको बाल अधिकार चेतना समूहकी अध्यक्ष पिंकी कुर्मीले बताउनु भयो ।
बाल अधिकार चेतना समूहका सदस्य रामनारायण गुप्तले विभिन्न खेलकुदबाट पनि विद्यार्थीहरूको चौतर्फी विकास हुने भएको हुँदा खेल सामग्रीहरू उपलब्ध गराइदिन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवालीसमक्ष आग्रह गर्नु भएको छ ।
बाल अधिकार चेतना समूहका पदाधिकारीहरूको मागदावी सहितको ध्यानाकर्षण पत्रलाई सम्बोधन गर्दै बालबालिकाहरूलाई खेलकुद सामग्रीहरू उपलब्ध गराउने र ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका विषयवस्तुहरूलाई सम्बन्धित विद्यालयसँग समन्वय गरेर समस्याको समाधान गर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले प्रतिबद्धता जनाउनु भयो ।
बाल अधिकार चेतना समूहका अध्यक्ष पिंकी कुर्मीको संयोजकत्वमा समूहका पदाधिकारीहरू, मानव अधिकार लुम्बिनी प्रदेश सञ्जाल संयोजक पुष्पा रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य, मानव अधिकार समूह कोषाध्यक्ष सरिता कोरी, सञ्चारकर्मी सुनिल आचार्य लगायतको उपस्थिति रहेको थियो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…