बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ ।
बाल अधिकार समूहले समस्या पहिचान गरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा, वडा कार्यालय र छत्रपाली तिर्थादेवी माविमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विद्यार्थीहरूकालागि कक्षा ९ र १० को ऐच्छिक गणित बिषयपुस्तक प्राप्त नभएको, पुस्तकालयमा प्रयाप्त पुस्तक नहुनु र भएका पुस्तकहरूको प्रयोग गर्न नपाउनु , विद्यालयमा प्राथमिक उपचारको व्यवस्था नहुनु, शौचालयमा पानी तथा सरसफाई सम्बन्धी कुनै पनि सामाग्री नभएको , सेनेटरी प्याड प्रयोग पश्चात व्यवस्थापन गर्ने स्थान नभएकोलगायतका समस्याहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख माधवप्रसाद घिमिरेले विद्यालय व्यवस्थापन समिती , गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र प्रधानाध्यापकसँग समन्वय गरी बाल अधिकार चेतना समूहले पेश गरेको ध्यानाकर्षण पत्र माथि छलफल गरी समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष ईसाहक मुसलमानले विद्यालय देखिएका समस्याहरूलाई समाधान गर्नतर्फ लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर कुर्मीले विद्यालयका विभिन्न समस्याहरू समाधान गर्न विद्यार्थीहरूको समेत सहयोग चाहिने बताउँदै बाल अधिकार चेतना समूहले गरेको मागहरू बिस्तारै समाधान हुने बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…