बाल अधिकार चेतना समूहद्वारा विद्यालयमा हेल्प डेस्क स्थापना
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको सहयोगमा गरुडा नगरपालिका–९ स्थित श्री मावि नयाँ गम्हरिया श्रीपुरको बाल अधिकार चेतना समूहले कात्तिक ३० गते बालबालिका सहायता कक्ष स्गरेको छ ।
विद्यालयमा बालबालिकाका समस्या, हिंसा, स्वास्थ्यसँग सम्बन्धित सरोकारमा सम्बोधन गर्ने उद्देश्यले उक्त हेल्प डेस्क स्थापना गरिएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताउनु भयो ।
सो कार्यका लागि संयोजक पासवानले १० हजार रुपियाँ बाल अधिकार चेतना समूहका अध्यक्ष आरती साह र प्रध्यानाध्यापक रामआधार पासवानलाई हस्तान्तरण गर्नु भएको छ ।
मानव अधिकार निगरानी समूह गरुडाका अध्यक्ष बिसुनदयाल राय यादवले हेल्प डेस्कका लागि गरुडा नगरपालिकासँग अनुरोध गरेर २० हजार रुपियाँ उपलब्ध गराउन पहल गर्ने बताउनु भयो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष आरतीकुमारी साहले हेल्प डेस्कले स्थापना र कोष हस्तान्तरण कार्यक्रमले हौसला मिलेको बताउँदै हेल्प डेस्कलाई व्यवस्थित बनाई विद्यार्थीहरूको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…