बाल अधिकार चेतना समूहद्वारा शिक्षाको अधिकार सम्बन्धी सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका – १ स्थित श्री रत्न राज्य लक्ष्मी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले शिक्षा , स्वास्थ्य , वातावरण तथा लैंगिक विभेदविरूद्ध चैत १ गते जिल्ला प्रशासन चोकमा सडक नाटक प्रदर्शन गरेको छ ।
बालबालिकाको अधिकार हनन गर्नु हुँदैन , बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित गराउन नहुने उमेर नपुगी बिवाह गरिदिने अभिभावकलाई कानुनी कारबाही हुनुपर्ने, लैंगिक विभेद गर्न नहुने विषयमा नाटक प्रस्तुत गरिएको छ ।
सडक नाटकलाई अवलोकन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सान्दर्भिक बिषयबस्तुलाई समेटेर बनाएको सडक नाटक मार्मिक भएको बताउनु भयो । शिक्षा , स्वास्थ्य , लैंगिक विभेद , वातावरण लगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको इन्सेकले विभिन्न सञ्जालहरू गठन गर्दै समाजलाई सचेतीकरण गर्नु अफैंमा महत्वपूर्ण भएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक दिवाकरप्रसाद चौधरीले बालबालिकाहरूले प्रदर्शन गरेको सडक नाटकले स्थानीय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।
बाल अधिकार चेतना समूहका अध्यक्ष आशिषकुमार रैदासको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले सोहि नगरपालिकाको नक्टाझिज–६ (पोखरी महार)…