बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन

  ०८० फागुन १ गते

इन्सेकद्वारा कैलारी गाउँपालिकस्थित जनकल्याण माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको आयोजनामा ०८० माघ २९ गते मादक पदार्थ सेवनले घर र समाजमा उत्पन्न हिंसा विरुद्ध सडक नाटक गोबरैलामा प्रदर्शन गरिएको छ ।

बाल अधिकार चेतना समूहले मादक पदार्थ सेवनले परिवार र समाजमा उत्पन्न हिंसाका नकारात्मक असरबारे जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन् ।

कैलारी गाउँपालिका—५ का स्थानीय हरीप्रसाद चौधरीले मादक पदार्थ सेवनका कारण घरपरिवार र समाजमा हिंसा बढाइरहेकाले मादक पदार्थ सेवन र खुल्ला बिक्रीवितरणमा रोग लगाउन स्थानीय सरकार जिम्मेवार हुनु पर्ने बताउनु भयो ।

ेबाल अधिकार चेतना समुहद्वारा प्रदर्शन गरिएको सडक नाटकले युवा र बालबालिकाहरुलाई मादक पदार्थको सेवनबाट जोगाउन सहयोग गर्ने र बालबालिकाहरुलाई कुलतबाट बचाउनका लागि अभिभावक जिम्मेवार हुन आवश्यक रहेको स्थानीय अभिभावक  सुरेन्द्रप्रसाद चौधरील बताउनु भयो ।

बाल अधिकार चेतना समूहका संरक्षक शिक्षक सन्तराम चौधरीले बाल अधिकार चेतना समूहद्वारा प्रदर्शन गरिएको सडक नाटकले समाजको यथार्थ चित्रण गरेकाले मादक पदार्थ सेवनको कारण समाजमा भइरहेका अपराधिक गतिविधि न्यूनीकरण गर्न नागरिक तहबाट सहयोग गर्न आवश्यक भएको बताउनु भयो ।

photo20240212kailali

मैनामोती चौधरी