बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहको संयूक्त आयोजनामा ०८० मङ्सिर २१ गते लागुऔषध दुर्वेसनीले समाजमा पारिरहेको असर र न्यूनिकरणमा सरोकारवालाहरुको भुमिका सन्दर्भमा सडक नाटक कार्यक्रम सम्पन्नभएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत स्थानीय समुदायको अधिकार र कर्तव्यका बारेमा सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले बाल अधिकार चेतना समूहले सडक नाटक प्रदर्शन गरेको हो ।
बाल अधिकार चेतना समूहका बालबालिकाहरुले सडक नाटक मार्फत लागुऔषध दुर्वेसनिले समाजमा पारिरहेको नकारात्मक असर र रोकथामका लागि सरोकारवालाहरुको भुमिका झल्काउने प्रयास गरेका थिए ।

बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले पछिल्लो समयमा बेलौरी नगरपालिका क्षेत्रमा लागुऔषध ओसारपसार तथा सेवनगर्नेहरुको ट्रान्जीट प्वाईन्ट बन्दै गइरहेकोले बाल अधिकार चेतना समूहले प्रदर्शन गरेको नाटकले समाजमा सकारात्मक सन्देस प्रवाहगरेको बताउँदै बाल अधिकार चेतना समुहलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
१४ जाना पात्रहरु रहेको सडक नाटकमा शिक्षक, विद्यार्थी, अभिभावक, मानव अधिकार समुहका सदस्य र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

लिली कुँवर
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…
बाल अधिकार चेतना समूहद्वारा बाल विवाहविरुद्ध सडकनाटक प्रदर्शन
इन्सेकको सहयोगमा घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयस्तरीय बाल अधिकार चेतना समूहले बाल विवाहविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ०८१ माघ २१ गते सडकनाटक प्रदर्शन गरेको छ । दशरथ माध्यामिक विद्यालयका पधानाध्यापक…
प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु
यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उक्त…
बाल अधिकार सचेतना समूहद्वारा कार्य योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकास्थित श्री राम दयाल माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १४ गते कार्य योजना बैठक सम्पन्न गरेको छ ।…
बाल विवाहको उमेर नघटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
बाल विवाहको उमेर हद नघटाउन माग गर्दै सर्लाही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई मानव अधिकारकर्मी र महिला मानव अधिकारकर्मी, नागरिक समाज तथा मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक लगायत विभिन्न संघ…