बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बाल अधिकार चेतना समूहले विद्यालयमा छुट्टै पहिचान बनाउन र विद्यार्थीहरुले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापसँगै वातावरण संरक्षणका लागि अगाडि बढ्न आग्रह गर्नु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम फोकल पर्सन राजकुमार चौधरीेले बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले तीन महिनामा गरेका कामको अनुभव आदान प्रदान गर्ने र काम गर्दा आइपरेका समस्याको समाधानका उपाय अपनाउन बैठकको आायोजना गरेको बताउनु भयो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष निशा सञ्ज्यालले विद्यालयमा पठनपाठन वाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत, सडक नाटक, वक्तित्वकला प्रतियोगित र वातावरण संरक्षणको लागि पहल गर्दैआएको बताउनु भयो ।
राज्यको नीति अनुसार एक विद्यालय एक नर्सको व्यवस्था गर्नका लागि नगर र गाउँपालिकासँग मागदावी गर्ने, स्थानीय स्वास्थ्य चौकी र नगरअस्पतालबाट दिइने सेवाको बारेमा जानकारी लिने, विद्यालयलाई छात्रामैत्री बनाउन विद्यालयमा महिनावरी भएको अवस्थामा वितरण गरिने सेनिटरीप्याड वितरणको जिम्मेवारी महिला शिक्षिकालाई दिन पहल गर्न आगामि योजना रहेको उहाँले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…