बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ असोज ७ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रदेश संयोजक खडकराज जोशीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा सक्रिय हुन र अधिकारसँगै कर्तव्यको पनि पालना गर्नु पर्ने बताउनु भयो ।
बालबालिकाहरुले पढ्न पाउनु बाल अधिकार हो भने अनुशासित, लगनशिल र इमानदार भएर पढ्नु बालबालिकाको कर्तव्य रहेको उहाँले बताउनु भयो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम संयोजक राजकुमार चौधरीले बाल अधिकार चेतना समुहका पदाधिकारीहरुले विद्यालयमा सञ्चालन गर्ने गतिविधिहरुलाई लिखित रुपमा निर्णय गरेर सञ्चालन गर्न आग्रह गर्नु भयो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष निसा सन्ज्यालले बाल अधिकार चेतना समूहले विद्यालयकोे नियमित सरसफाई र अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको बताउनु भयो ।
बाल अधिकार चेतना समूहका उपाध्यक्ष अमित चौधरीले बाल अधिकार चेतना समूहको पुनर्गठन सम्पन्न भएको बताउनु भयो ।
बाल अधिकार चेतना समूहका सदस्य कबिता सापकोटाले नयाँ शैक्षिक सत्रमा बालभित्ते पत्रिका प्रकाशनका लागि तयारी भइरहेको बताउनु भयो ।
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठकमा कैलाली र कञ्चनपुर जिल्लाका आठ ओटा विद्यालयका बाल अधिकार चेतना समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…