बाल अधिकार चेतना समूहको कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा कुटीडाँडा माध्यमिक विद्यालयस्तरिय बाल अधिकार चेतना समूहको वार्षिक कार्ययोजना निर्माण कार्यक्रम असोज १४ गतेसम्पन्न भयो ।
मानव अधिकार प्रवर्धन र संरक्षणका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहको वर्षिक कार्ययोजन निर्माण गरेको हो ।
कार्यक्रममा कुटीडाँडा माविका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले बाल अधिकार चेतना समूह गठन गरी वर्षिक कार्ययोजना निर्माणले बालबालिकामा आफ्नै पहलमा अतिरिक्त क्रियाकलाप गर्न प्रेरित गर्ने बताउनुभयो ।
प्रधानाध्यापक श्रेष्ठले बालबालिका आफ्नै पहलमा वार्षिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन गर्ने हौसला प्रदान मात्र गरेको छैन, विद्यालयका अन्य गतिविधिमा समेत सकारात्मक सोचका साथ लागि पर्न सहयोग पुग्ने बताउनु भयो ।
बाल अधिकार चेतना समूहको संरक्षक शिक्षक कल्पना पौड्यालले इन्सेकको सहयोगमा बाल अधिकार चेतना समूहले आफ्नो वार्षिक कार्यतालिका निर्माण गरी कार्यान्वयनले शैक्षिक गतिविधिमा थप सहयोग पुगेको र अपनत्वको भावना विकास भै जागरण अभियान सञ्चालन गर्ने आशा व्यक्त गर्नुभयो ।
बाल अधिकार चेतना समूहका विप्लव घिमिरेको अध्यक्षता तथा प्रधानाध्यापक शंकरलाल श्रेष्ठको प्रमुख आतिथ्यता, संरक्षक शिक्षक कल्पना पौड्यालको आतिथ्यतामा भएको कार्यक्रमको बाल अधिकार चेतना समूहका सचिव राजेश मुग्रातीले सञ्चालन र स्वागत सुष्मा मुग्रातीले गर्नुभएको थियो ।
कार्ययोजनामा मासिक भित्ते पत्रिका प्रकाशन, कक्षगत अङ्ग्रेजी तथा नेपाली हस्तलिखित प्रतियोगिता, अङग्रेजी र नेपाली वक्तृत्वकला प्रतियोगिता, अङ्ग्रेजी भाषा बोलाई प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता, घम्ने मेच प्रतियोगिता लगायतका कार्यक्रम समाबेश गरिएको छ ।
प्रतियोगिताहरुमा कक्ष १ देखि १० सम्मका छात्र छात्रालाई फरकफरक कार्यक्रमको आयोजना गरी सबैलाई समेट्ने कार्ययोजन निर्माण भएको बाल अधिकार चेतना समूहका अध्यक्ष घिमिरेले बताउनु भयो ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…