बाल अधिकार चेतना समूहका सदस्यहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

  ०७९ कात्तिक ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम कात्तिक २९ गते सम्पन्न भएको छ ।

जानकी गाउँपालिकाको जानकी मावि र श्री नेरामाविका भाटनपुर्वामा गठित बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तालिमको आयोजना गरिएको हो ।

तालिममा इन्सेकको परिचय ,इन्सेक अभियान तथा बाल अधिकार, कानुनी प्रावधान, कानुनी प्रक्रिया र समस्याको समाधान बारे सहजीकरण अधिवक्ता बसन्त गौतम, भित्रेपत्रिका प्रकाशन सहित छलफल तथा बालमैत्री विद्यालय वातावरण बाल मनोविज्ञानमा पर्ने असर बारे इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले सहजीकरण गर्नुभयो  ।

यसैगरी, बाल अधिकार प्रवद्र्धनमा स्थानिय निकायको भूमिका विषयक जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

बाल अधिकार समुह उपाध्यक्ष पुनम मिश्राले किताबको ज्ञानसँगै अतिरिक्त ज्ञानको पनि आवश्यक हुनुपर्ने तालिमले बाल अधिकारको कानुनी प्रावधान र स्थानिय सरकारसँगको सहकार्य गर्ने वातावरण  मिलेको बताउनु भयो ।

जानकी माविकी संरक्षक शिक्षक रामकुमारी हमालले विद्यालयमा शौचालय तथा बेञ्च डेस्क, खानेपानीको समस्या भएको यसलाई बाल अधिकार समूह मार्फत विद्यालय सुधार योजना बनाई समाधान गर्न सकिने प्रतिबद्धता गर्नुभयो ।

विद्यार्थी तथा विद्यालयको समस्या पहिचान र वार्षिक कार्य योजना निर्माण, बाल अधिकार समूहको मासिक भित्रेपत्रिका प्रकाशन, वातावरणसँग सम्बन्धीत चित्रकला  प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता र शिक्षक विद्यालय व्यवस्थापन समिति बिच अन्तरक्रिया र विद्यालय सरसफाई कार्यक्रम जस्ता चार वटा योजना बनाएको कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताउनु भयो ।

photo2022111601banke

लक्ष्मी थारू