बाल अधिकार चेतना समुहद्वारा बाल विवाह सम्बन्धी सचेतना मुलक सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले मायाँदेवी गाउँपालिका –५ स्थित जनता मावि बलुहवामा फागुन २७ गते बाल विवाहविरूद्ध सडक नाटक प्रदर्शन गरेका छन् ।
बालवालिकाको अधिकार हनन गरिदिनु हुँदैन , माध्यमिक तहसम्मको शिक्षाको अधिकार देउ , उमेर नपुगी बिवाह गरिदिने अभिभावकलाई कानुनी कारबाही होस भन्दै बिहेवारी २० वर्षपारी हुनुपर्छ भन्ने लगायतका विषयमा स्थानियलाई सचेत बनाउन उक्त नाटक प्रस्तुत गरिएको थियो ।
सडक नाटकलाई अवलोकन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले बालबालिकाहरूले समाजलाई सचेत बनाउने विषयलाई समेटर प्रस्तुती गरेको बताउनु भयो ।
बाल विवाह , बहुविवाह , दाईजो प्रथा , शिक्षा , स्वास्थ्य , वातावरण , लैंगिक विभेद लगायतका बिषयमा सचेतना मुलक नाटक प्रदर्शनले आम नागरिकलाई सचेत बनाउन सकिने यादवले बताउनु भयो ।
बिद्यालयका प्रधानाध्यापक रामनिवास चौहानले बालबालिकाहरुले प्रदर्शन गरेको सडक नाटकले स्थानिय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…