बालअधिकार कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी ले बालअधिकार कार्यक्रम सञ्चालन गर्न भदौ १६ गते विनयी त्रिवेणी गाउँपालिका–१ को भानुदाय नमुना मा.वि. मा रहेको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत इन्सेकद्वारा गठन गरिएको बालअधिकार चेतना समुहलाई इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले सो रकम हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै डुम्रेले इन्सेकले विनयी त्रिवेणी गाउँपालिकाको भानुदय नमुना माविमा गठन भएको बालअधिकार चेतना समूहलाई गत वर्षदेखि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नको लागि आर्थिक सहयोग हस्तान्तरण गर्दै आएको बताउनुभयो ।
बाल अधिकारको प्रत्याभूति सहित स्थानीय क्षेत्रमा देखिएका समस्याहरुको पहिचान र त्यसको सामाधानको लागि पैरवीमा बालअधिकार चेतना समूहको भूमिका महत्वपूर्ण हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालय प्रधानाध्यापक बलराम सुवेदीले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप सञ्चालनको लागि इन्सेकबाट प्राप्त सहयोग सही स्थानमा परिचालन हुने बताउनुभयो ।
यस अगाडि इन्सेकबाट प्राप्त भएको सहयोगबाट सम्पन्न गरिएका क्रियाकलापहरुको जानकारी गराउदै उहाँले समाजमा हुने हरेक गतिविधिमा विद्यार्थीहरुको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।
बालबालिकाहरुले अधिकारको प्रत्याभूत गर्न स्वयम् विद्यार्थी र उनीहरुका अभिभावकहरुको क्रियाशिलता आवश्यक रहेको बताउदै उहाँले बालबालिकाको भविष्य र शिक्षाप्रति अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चेतना समूहका विद्यार्थी, शिक्षक सहित अभिभावकहरुको उपस्थिति रहेको थियो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…