बालसञ्जाल कास्कीको समीक्षा तथा योजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र, सामाजिक विकास कार्यालय र जिल्ला बाल सञ्जाल कास्कीको आयोजनामा समीक्षा तथा योजना बैठक जेठ २८ गते पोखरामा सम्पन्न भएको छ ।
बैठकमा स्थानीय सरकारको नीति तथा कार्यक्रममा बालबालिका मुद्दालाई कसरी समेट्न सकिन्छ र बाल सञ्जाललाई आगामी दिनमा क्रियाशील बनाउनका लागि योजना तयार गरिएको सञ्जाल अध्यक्ष समीक्षा लामिछानेले जानकारी दिनु भयो ।
बैठकले बालबालिकाको समस्या र अधिकारसम्बन्धी सार्वजनिक सुनुवाइ गर्ने, स्थानीय तहलाई बालबालिकाको क्षमता विकासका लागि तालिम सञ्चालनका लागि आग्रह गर्ने, प्रत्येक स्थानीय तहमा बालग्राम निर्माणका लागि पहल गर्ने जस्ता निर्णय गरेको उहाँले जानकारी दिनु भयो ।
सञ्जालको मासिक बैठकका लागि इन्सेक गण्डकी प्रदेश कार्यलयको मानव अधिकार सहायता कक्षलाई उपयोग गरिने निर्णय समेत गरिएको लामिछानेले बताउनु भयो ।
बैठकमा सञ्जालका सदस्य सफलता राईले बाल सञ्जाललाई स्थानीय तह स्तरसम्म पुर्याउन आवश्यक रहेको बताउँदै विद्यालयस्तरमा बालक्लव गठन गरेर अगाडि बढ्न सकिने सुझाव राख्नुभएको थियो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले बाल सञ्जालले बालबालिकाको अधिकारका क्षेत्रमा स्थानीय सरकारसँगै रहेर काम गर्नुपर्ने बताउँदै सदैव सहयोग र सहजिकरणका लागी इन्सेक तयार गरेको बताउनु भयो ।
वैठकबाट सञ्जालको कार्यसमिति सदस्य १३ पुर्याउने निर्णय समेत गरिएको छ । इन्सेक गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा ०७९ वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट बाल सञ्जाल गठन गरिएको थियो ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
अन्नपूर्णलाई बालमैत्री गाउँपालिका बनाउन सरोकारवाला प्रतिबद्ध
अन्नपूर्ण गाउँपालिकामा असार १९ गते सम्पन्न बालमैत्री स्थानीय शासन प्रवर्धनसम्बन्धी अभिमुखिकरण कार्यक्रममा बालमैत्री गाउँपालिका बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…