बालश्रम विरुद्ध सचेतना कार्यक्रम

  ०८१ जेठ ३२ गते

Dakneshwari (14)

"Lets act on our commitment: End Child labour" अर्थात "हाम्रो प्रतिबद्धतामा कार्य गराैं, बालश्रम अन्त गरौं" भन्ने मुल नाराका साथ डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विद्यालयमा ०८१ जेठ ३० गते बाल अधिकार सचेतना कार्यक्रम गरेर बालश्रम विरूद्वको विश्व दिवस मनाइएको छ ।

बाल अधिकार सचेतना समूह डाक्नेश्वरी नगरपालिका र बाल अधिकार सचेतना समूहको क्षेत्रमा क्रियाशिल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा बाल अधिकार सचेतना कार्यक्रम गरी बालश्रम विरुद्धको विश्व दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्नु हुँदै इन्सेक सप्तरी सहजकर्ता अजय परीयारले इन्सेकको परियोजनाले गर्ने काम, कर्तव्य र नेपालको संविधानले बालबालिकाहरूलाई दिएको अधिकारबारे जानकारी गराउनु भयो ।

कार्यक्रममा मधेस प्रदेश स्तरीय बाल अधिकार सचेतना समूहका उपाध्यक्ष मनिषा कुमारी रजकले बाल श्रम विरुद्धको दिवसको अवसरमा डाक्नेश्वरी नगरपालिकाका बालबालिकालाई होटल र ईट्टा उद्योग जस्ता ठाउँमा कामकाजमा नलगाईकन बालबालिकालाई शिक्षाको लागि प्रेरित गर्नुपर्ने औल्याउनु भयो ।

कार्यक्रममा संरक्षण शिक्षक मनोज कुमार चौधरीले इन्सेकले विभिन्न क्रियाकलापसहित जनचेतनामूलक कार्यक्रमहरूमा सहभागी गराएर विद्यालयका विधार्थीहरूलाई आफ्नो अधिकार बुझ्न र बुझाउन सकेको बताउनु भयो ।

उक्त कार्यक्रममा हिरा फेकनी माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहका अध्यक्ष अरुण कुमार साहलगायत पदाधिकारी, सदस्यहरूको सहभागिता रहेको थियो ।

Dakneshwari (15)

Dakneshwari (16)

मनोहरकुमार पोखरेल