बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा ०८१ माघ २६ गते बराहताल गाउँपालिका–५ बड्डीचौरमा बालविवाह विरुद्ध सडक नाट प्रदर्शन गरिएको छ ।
पछिल्लो समय समाजमा बालविवाहका घटनाहरु बढिरहेको र त्यसले सामाजिक, शैक्षिक र आर्थिक रुपमा प्रभाव पारेको भन्दै त्यसको न्यूनिकरणका लागि सडक नाटक प्रर्दशन गरिएको हो । सडक नाटकमा वर्तमान समयमा बालविवाहले बालबालिकामा पारेको असरका विषयमा सचेतना जगाइएको थियो ।
बालबालिकाहरुले बालविवाह गर्नुपर्ने कारणहरु र त्यसमा परिवारको जिम्मेवारीका विषयहरु सडक नाटकमा समेटिएको थियो । प्रस्तुत गरिएको सटक नाटकमा सनिलसिंह सुनार, प्रेम बुढा, लगायत बाल क्लवका अन्य सदस्यहरुले अभिनय गर्नुभएको थियो । त्यस्तै सडक नाटकको सहजिकरण जनज्योति माध्यामिक विद्यालय बड्डीचौरका शिक्षक धनबहादुर बुढाथोकीले गर्नुभएको थियो । सडक नाटक प्रदर्शन कार्यक्रममा बराहताल गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
जगतदल जनाला विक
सम्बन्धित इन्सेक गतिविधिहरू
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
छत्रेश्वरी गाउँपालिका–१, काल्चेमा बस्दै आउनुभएकी ३६ वर्षीया सुस्मीता थापालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ चैत १२ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ…
घोडाघोडी नगरस्तरीय मानव अधिकार समूहको साधारण सभा सम्पन्न
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको साधारण सभा ०८१ चैत ११ गते सुख्डमा सम्पन्न भएको छ । नगरस्तरीय मानव अधिकार समूहको प्रथम साधारण सभाबाट मानव अधिकार समूहको अध्यक्षमा आशा परिवार, उपाध्यक्षमा…
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडितको माग
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत…
वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन
इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार समूहको विगत ६ महिनामा सम्पन्न गरिएका कामको समीक्षा र प्रभावकारी परिचालन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहको छलफल कार्यक्रम…