बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक 'बालिका' प्रदर्शन

इन्सेक र जिल्लास्तरीय युवा समूहको आयोजनामा डिस्ट्रिक इभेन्ट अर्गनाइजरको प्रस्तुती रहेको बाल विवाह न्यूनीकरणसम्बन्धी सडक नाटक 'बालिका' जेठ २० गते म्याग्दे गाउँपालिका-२ जामुनेस्थित राधा माविमा प्रदर्शन गरिएको छ ।

बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले सो सडक नाटक प्रदशनी गरिएको थियो ।

४५ मिनेटको उक्त सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको असहमति, प्रेम सम्बन्धले ति बालबालिकाको शिक्षमा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालिन असर र त्यसको कारण बालिकाको मृत्यु भएको बारेमा सन्देश दिइएको थियो ।

उक्त सडक नाटकको निर्देशन ठुलो पर्दाको चलचित्र समेत निर्देशन गरिसकेका इभन जोशीले गरेका थिए । नाटकका निर्देशक तथा कलाकार जोशीले आफूले निर्देशन गरेको नाटकले बालविवाह न्यूनीकरण गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । उनले बालविवाहको कारण बालबालिकाको आर्थिक, शैक्षिक र स्वास्थ्यसम्बन्धी दीर्घकालिन समस्या हुने गरेको कारण त्यसलाई रोक्ने उद्धेश्यले नाटकको निर्माण र निर्देशन गरिएको बताए । यो नाटक जिल्लाका अन्य विद्यालयमा पनि प्रदर्शन गर्ने उनको भनाई छ ।

नाटकका कलाकार अनु श्रेष्ठले नाटक वास्तवमा निकै सन्देशमुलक रहेको हुँदा आफू गहिराइमा डुबेर अभिनय गर्ने बताइन् । सो नाटकमा निर्देशक जोशीको अलावा युवा समूहका अध्यक्ष एलोज श्रेष्ठ, अनु श्रेष्ठ, युथ फर चिल्ड्रेनकी अध्यक्ष दुर्गा भण्डारी, बालकल्याण समितिकी कर्मचारी मुना तामाङ, बालमञ्चकी सदस्यहरु मुना मगर र प्रभा श्रेष्ठको अभिनय रहेको छ ।

1

1

1

1

प्रकाशचन्द्र भट्टराई