बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कञ्चनपुर र भुवनेश्वरी युवा समूहको संयुक्त आयोजनामा असार ६ गते वेदकोट नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय थारू समुदायको बस्ती रहेको मन्दिरपुर र बसन्तपुरमा हालसम्म बालविवाह हुने गरेका कारण किशोर किशोरीहरूलाई सचेतना गराउने उद्धेश्यले बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम राखिएको थियो । अभिमुखीकरण कार्यक्रममा मन्दिरपुर र बसन्तपुर टोलका किशोर किशोरीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बसन्तपुरकी वडघर सिता डगौराले अभिमुखीकरण कार्यक्रमका माध्यमले सचेतना फैलाइदिएकोमा इन्सेकलाई धन्यवाद दिँदै अन्य सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिदिन इन्सेकलाई आग्रह गरेकी छिन् ।
कोमलनिरन्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…