बालविवाह, दाइजो प्रथा र महिला हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० कात्तिक १९ गते मिथिला नगरपालिका–६ ढल्केवर चौकमा सडक नाटक प्रदर्शन गरेका छन् ।
समाजमा व्यप्त रुपमा देखिएको बालविवाह, दाइजो प्रथा र महिला हिंसा जस्ता बिकृतिहरूको विरुद्ध बाल अधिकार समूहका बालबालिकाहरूले नाटक प्रस्तुत गरेका थिए । प्रस्तुत नाटकले सामाजिक कुसंसकारलाई दार्साउनुका साथै तिनले मानव जीवनमा पार्ने प्रभावहरूलाई समेत स्थानीय दर्शकहरूमाझ प्रस्तुत गरेका थिए ।
मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउन नाटक प्रभावकारी भएको संरक्षक शिक्षक निर कुमार शर्माले बताउनु भयो ।
हाम्रो समाजमा शिक्षा र जनचेतनाको कमी भएकै कारण दिनप्रतिदिन बालविवाह, दाइजो प्रथा र महिला हिंसाका घटनाहरू बढिरहेकोले ती घटनाहरूलाई न्यूनीकरण गर्न यस्ता खालका सचेतनामूलक कार्यक्रमहरू सहर बजारमा मात्र केन्द्रित नभएर ग्रामीण तहदेखि समुदाय स्तरसम्म पुर्र्याउनुपर्ने बाल अधिकार सचेतना समूहका अध्यक्ष आनन्द कुमार महतोले बताउनु भयो ।
सडक नाटक प्रदर्शनमा आनन्द कुमार महतो, लक्ष्मीप्रसाद यादव, अनिश श्रेष्ठ, शिवजी प्रसाद दाहाल, हरिचन्द्र साह, किरण कुमारी महतो, संगीता महतो, सन्देश महतो, रञ्जना महतो लगायतका बालबालिकाहरूको सहभागीता रहेको थियो ।
सन्तोषकुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…