बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

  ०८० फागुन ३ गते

इन्सेक द्वारा गठित सुर्य प्रकाश सिर्जनशिल बाल समूहकाे आयाेजना तथा पञ्चपुरी मानव अधिकार समूह र सुर्य प्रकाश  माध्यामिक विद्यालयको समन्वयमा फागुन २ गते पञ्चपुरी गाउँपालिका-२ मा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

सचेतनामूलक  सडक नाटकले बालविवाहविरुद्ध सचेतना जगाउन आवश्यक रहेको सुर्यप्रकाश  माध्यामिक विद्यालयका प्रधानाध्यापक टिकाराम बास्तोलाले बताउनुभयो । उहाँले सचेतनामूलक कार्यक्रमहरु समाजमा भइरहनुपर्ने बताउनुभयो ।

नाटकमा बालबिवाहका असरका साथै बालविवाह न्यूनिकरण कसरी गर्ने तथा कानुनी प्रावधान र जातीय विभेदका घटनाले सामुदायमा परेकाे असर लगायतका विषयमा जानकारी दिइएको थियो । नाटकमा सात जना कलाकारले अभिनय गरेका थिए । कार्यक्रम स्थानीयबासी ,सिर्जनशिल बाल समूहका सदस्यहरु, पञ्चपुरी मानव अधिकार  समूहका सदस्यहरु, शिक्षक र विद्यार्थीहरु गरी एक सय जनाकाे सहभागिता हरेकाे थियाे । सडक नाटकको सहजीकरण इन्सेकका जिल्ला सहजकर्ता ललिता विकले गर्नुभएको थियो ।

Photo20240215Surkhet (3)

Photo20240215Surkhet (2)

Photo20240215Surkhet (1)

जगतदल जनाला विक