बालबालिकाहरूले पनि सोचको दायरा बढाउनु पर्छः मुख्यन्यायाधिवक्ता झा
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले बालबालिकाहरूले पनि सोचको दायरा बढाउनु पर्ने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा पुस १८ गते जनकपुरधाममा आयोजित बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिममा उनले सो कुरा बताएका हुन् ।
खासगरी तराई मधेसमा डाक्टर, इञ्जिनियर मात्र पढ्ने गरेकोले सबै क्षेत्रमा हात हाल्न बालबालिकाहरूलाई झाले सुझाव दिए ।
प्रदेश सरकारले तराई मधेसका बालबालिकाको भविष्यको लागि कानुनहरू निर्माण गरिरहेको बताउँदै उनले सबै क्षेत्र पुग्ने गरी रोजगारीको सृजना हुने उल्लेख गरे ।
प्रदेश सरकारले दलित सशक्तिकरण विधेयक ल्याएकोले अब दलितका छोरा छोरीहरूलाई पिएचडीसम्मको अध्ययनका लागि प्रदेश सरकारले पूर्ण छात्रवृति दिने व्यवस्था गरेको उनले बताए ।
बालबालिकालाई माया गरेर शिक्षा दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका निर्देशक वीरबहादुर बुढामगरले बताए ।
नेपालले बाल अधिकार महासन्धि, राष्ट्रिय कानुनमार्फत बाल अधिकारको सुनिश्चितता गरेको निर्देशक बुढामगरले बताए ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बाल अधिकारको विषयवस्तुलाई दुई दिनसम्म बालबालिकाहरूको बीच तालिमको माध्यमले जानकारी दिइएको बताए ।
बालबालिकाहरूले पाउने सेवा सुविधा, विद्यालयमा गरिने व्यवहार लगायतका विषय तालिममा समेटिएको संयोजक पासवानले बताए ।
विनोद कुमार रविदास
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस…
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८१ चैत ८ गते डिसिएको आर्थिक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्राविधिक सहयोगमा सम्पन्न भएको छ । सोनुसिंह विकको अध्यक्षतामा मानव…
विभेदको अन्त्य नभए समृद्धि हुँदैन: मन्त्री भण्डारी
जातीय विभेदको अन्त्यबिना कुनै पनि समाजमा समानता, न्याय र समृद्धि सम्भव नहुने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएउनु भएको छ । उहाँले जातीय विभेद सामाजिक विकृति मात्र नभएर विकास र…
कानुनी प्रकृयामा जानका लागि बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामूहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत ८ गते पीडित बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको छ ।…
६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जिल्लामा संयुक्त दलित अधिकारकर्मी सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा २१ मार्च ६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…