बालबालिकाहरूका लागि क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २६ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ ।

Photo20171112Banke

बाल अधिकार चेतना समूहका बालबालिकाहरूले  आफ्नो अधिकार प्राप्तिको लागि आफैँ सक्रियता देखाउनु पर्ने कुरामा जोड दिदै इन्सेक क्षेत्रीय संयोजक भोला महतले इन्सेकले सञ्चालन गरेको बाल अधिकार प्रवर्धन कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

तालिममा इन्सेक अभियान र बाल अधिकार संरक्षण, बाल अधिकार र बाल अधिकारको वर्तमान अवस्था तथा बाल अधिकारको विकासक्रमका विषयमा नारायण सुवेदी, बालमैत्री विद्यालय र दण्डरहित शिक्षाका विषयमा सहजकिरण गरिएको थियो ।

संविधानमा शिक्षाको अवस्था र बाल अधिकारको विकासक्रम, बाल अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका, बाल अधिकार चेतना समूहको काम कर्तव्य र अधिकार, भित्ते पत्रिका प्रकाशन, विद्यालय तहमा बाल अधिकार र मानव अधिकार शिक्षाको अवधारणा र परियोजनालगायतका विषयमा बालबालिकासँग छलफल गरिने परियोजना फोकल पर्सन सरस्वती मल्लले बताइन् । तालिममा दाङ, बाँके र बर्दिया जिल्लाका ३६ जना बालबालिकाहरूको सहभागिता रहेको छ ।

विनोद पाण्डे