बालबालिकाको भविष्य सुनिश्चित गर्न ध्यानाकर्षण

  ०७७ चैत ३० गते

बालबालिकाहरूको जीवन र भविष्य असुरक्षित भएको भन्दै  मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले ०७७ चैत २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।

इन्सेकद्वारा फागुन २४ गते गठित सञ्जालका संयोजक राजेन्द्रविक्रम शाह, सह-संयोजक विजया नगरकोटीलगाएतको टोलिले बालबालिकाको विभिन्न अधिकारहरुमा अवरोध देखिएकोमा स्थानीय सरकार र अन्य सरोकारवालाहरू पर्याप्त संवेदनशील नभएको भन्दे ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो ।

20210412 Jajrkot 1

प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटालाई बझाइएको उक्त पत्रमा गुणस्तरिय शिक्षा, बालविवाहविरूद्ध ठोस कार्ययोजना निर्माण, बालश्रम, लागु पदार्थ, बलात्कार तथा शोषण, बालबालिकाको स्वास्थ्य समस्या र विकास निर्माणमा बालबालिकाको सहभागीता लगायतका बिषयमा सरोकारवला गम्भिर बन्नुपर्ने आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी  देवकोटाले संवेदनशिल विषयमा आवाज उठाएकोमा धन्यवाद दिंदै यस विषयमा आफुले सरोकारवालाहरूसँग बैठक राखी थप कदम चाल्ने बताउनुभयो ।

बालबालिकाको भविष्यका विषयमा आफू पनि गम्भीर बन्ने र सबैलाई गम्भीरता पुर्वक कार्य गर्न आग्रह गर्ने प्रजिअ देवकोटाको भनाई छ ।

 

दिनेशकुमार श्रेष्ठ