बालबालिकाको क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि माघ २७ देखि २९ गतेसम्म धुलिखेलमा सञ्चालित तालिम माघ २९ गते सम्पन्न भएको छ ।

photo20170211kabhre

तालिमको समापनमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले विद्यार्थीहरूका लागि सबैभन्दा ठूलो विषय शिक्षा नै भएकाले असल शिक्षा प्राप्त गरेमा असल नागरिक बन्न सकिने बताए । उनले सुनेको र देखेको भन्दा आफैले व्यबहारमा गर्दै आएको कुरा सम्झन सकिने भएकाले तालिमको आवश्यकता भएको बताए । इन्सेकले दुई दशकदेखि बाल अधिकारको क्षेत्रमा काम गरेको स्मरण गराउँदै उनले इन्सेकको क्षमताले भ्याएअनुसार बाल अधिकार चेतना समूहको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताए ।

photo20170211kavre (3)

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न जोड दिँदै भूकम्प, द्वन्द्व र मानव बेचबिखनबाट पीडित भएका जिल्लाहरूमा बाल अधिकार चेतना समूहका कामहरू नमूना हुनुपर्ने बताए ।

photo20170211kavre (1)

तालिममा बाल अधिकार र कर्तव्य, बाल अधिकारको ऐतिहासिक पृष्ठभूमी, बाल  अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, बाल दुर्‍व्यवहार र जोखिमपूर्ण श्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बाल अधिकार र मानव अधिकार शिक्षाको अवधारणा, बालभित्ते पत्रिका र सिर्जनशिल लेखाइ, कार्ययोजना निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।

photo20170211kavre (4) photo20170211kavre (5)

भोजराज तिमल्सिना