बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरू

 

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ १९ गतेदेखि पोखरामा सुरू भएको छ ।

तालिममा कास्की, पाल्पा, तनहुँ र कपिलवस्तु गरी चार ओटा जिल्लाका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको छ ।

photo20170201kski

स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अर्न्तगत गठन गरिएको बाल अधिकार चेतना समूहका सदस्यहरूमाझ बाल अधिकारसम्बन्धी काम गरिरहेका सङ्घसंस्थाका प्रतिनिधिहरूले तालिममा सहजीकरण गर्ने इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले बताए ।

कार्यक्रममा संयोजक खकुरेलले तीनदिने तालिम बाल अधिकार, इन्सेक अभियान, सूचना र सञ्चार प्रविधि, बालमैत्री विद्यालय अवधारणा र जिल्ला बाल कल्याण समितिको भूमिकालगायतका विषयवस्तुमा केन्द्रित रहने जानकारी दिए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी हर्रि्रसाद मैनालीले बाल अधिकार सबैको साझा विषय भएतापनि देशको अवस्था र परिवेशका कारण नेपालले बाल अधिकारसम्बन्धी अर्न्तराष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेपनि पूर्ण कार्यान्वयन गर्न भने नसकेको बताए ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यलय कास्कीकी प्रमुख लक्ष्मी जिसी कार्कीले कास्की जिल्लामा अहिले पनि १ हजार ३ सय बालबालिका बालश्रमिकका रूपमा रहेको बताइन् ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखरा