बाल अधिकारसम्बन्धी एक दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखरा र अमोर सेवा नेपाल, फेदीखोला को आयोजनामा अमोर बाल गृहमा रहेका बालबालिकाहरुका लागि बाल अधिकारसम्बन्धी तालिम साउन २० गते सम्पन्न भएको छ ।
तालिमको उद्घाटन गर्दै फेदीखोला-१ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो वडाले बाल अधिकारसम्बन्धी कार्यक्रम समावेश गरेको बताउँदै बाल अधिकारसम्बन्धी कार्यक्रमहरू इन्सेक सँगको सहकार्यमा सञ्चालन गर्ने बताउनुभयो ।
इन्सेक, गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले बालबालिकाहरूलाई अधिकार र कर्तव्यको बारेमा सचेत र सुसूचित गर्नसके सुयोग्य नागरिक तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा बाल अधिकार, ऐतिहासिक विकासक्रम, संविधानमा बाल अधिकार, बालबालिकासम्बन्धी ऐन २०७५ लगायतका विषयमा इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल र कार्यक्रम फोकल पर्सन सवनम शर्माले सहजीकरण गर्नुभएको थियो ।
गत आठ वर्षदेखि सञ्चालित अमोर बाल गृहमा ११ जना बालिका र १९ जना बालक छन् ।
समीक्षा ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…