बालअधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
मादी गाउँपालिका– ४ मा रहेको धुव्र माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन गरिएको बाल अधिकार समूहले जेठ ३१ गते सामाजिक सञ्जालले निम्त्याएको समस्या सम्बन्धि सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक रामबाबु पौडेलको प्रमुख आतिथ्यतामा गरिएको नाटक प्रदर्शनमा बाल अधिकार समूहकाका विद्यार्थीहरुले सामाजिक सञ्जालको सदुपयाग कसरी गर्ने र सञ्जाल दुरुपयोगले विद्यार्थीको जिवनमा के कति असर पारेको छ भन्ने कुरा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक पौडेलले जल्दोबल्दो सामाजिक सञ्जालको दुरुपयोग भएको कुरालाई नाटक मार्फत प्रस्तुत गरेको देख्दा विद्यार्थीहरु आफैं सचेत समेत भएको बताउनुभयो । उहाँले वर्तमान समयमा सामाजिक सञ्जालको सदुपयोग गर्न सक्नेले प्रगति पनि गरेको तर, यसको दुरुपयोग गर्दा हिंसामा परेको बताउनुभयो ।
बालअधिकार समूहका संरक्षक शिक्षक सिर्जना अधिकारीले बालबालिकाले आफ्नो क्षमता नाटक मार्फत विद्यालयमा देखाएकाले टोलटोल घरघरमा सामाजिक सञ्जालको दुरुपयोग हुनबाट रोक्न विद्यार्थी भाइबहिनीले पनि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीहरुले देखाएको नाटक साच्चिकै समय सान्र्दभिक रहेको उपस्थित शिक्षक तथा अभिभावकहरुले सुनाउनुभयो ।
बालअधिकार समूहका विद्यार्थीहरु हिमाल सुनार, अरुणा सुनार, समीर सापकोटा, सन्ध्या विक, रक्षा सापकोटा, प्रवेश सापकोटा, बबिता सापकोटा र आयुष्मा विकले नाटकको विभिन्न पात्रको भूमिका निर्वाह गरेका थिए ।
सन्जय रानाभाट
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेका लगाएत गैरसरकारी संस्थाको आयोजनामा जाजरकोटमा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा सरोकारवालाहरूसँग जातीय उन्मुलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जाजरकोट सदरमुकाममा जातीय विभेद उन्मुलन दिवस…
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८१ चैत ८ गते डिसिएको आर्थिक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्राविधिक सहयोगमा सम्पन्न भएको छ । सोनुसिंह विकको अध्यक्षतामा मानव…
विभेदको अन्त्य नभए समृद्धि हुँदैन: मन्त्री भण्डारी
जातीय विभेदको अन्त्यबिना कुनै पनि समाजमा समानता, न्याय र समृद्धि सम्भव नहुने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएउनु भएको छ । उहाँले जातीय विभेद सामाजिक विकृति मात्र नभएर विकास र…
कानुनी प्रकृयामा जानका लागि बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामूहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत ८ गते पीडित बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको छ ।…
६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जिल्लामा संयुक्त दलित अधिकारकर्मी सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा २१ मार्च ६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…