बाल अधिकार समूहद्वारा बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा मनहरी गाउँपालिका-७ स्थित राष्ट्रिय रोटरी माध्यामिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी ०८० असार ८ गते सडक नाटक प्रदर्शन गरेको छ ।
इन्सेकद्वारा गठित बाल अधिकार सचेतना समूहले बालश्रम बाध्यता र सृजित परिस्थितिविरूद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । बालबालिकाहरूले समाजमा बालश्रम बाध्यता र सृजित परिस्थिति जस्ता विभिन्न समस्यामा पर्ने र समाजमा धेरै बालहिंसाका घटनाहरूलाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मानव अधिकार सबैको साझा अधिकार भएको र यसमा बालबालिकालाई प्राथमिकतामा राखेर बाल अधिकारसम्बन्धी छुट्टै व्यवस्था हुँदा उनीहरूको भावनालाई समेट्न सकिएको राष्ट्रिय रोटरी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक गाविन्द पौडेलले बताउनु भयो ।
यस्तो कार्यक्रममा सहभगी हुँदा बालबालिकाहरूले अफ्नो अधिकार र दायित्व बुझ्ने र उनीहरूको क्षमता अभिवृद्धि हुने प्रद्यानाध्यापक पौडेलले उल्लेख गर्नुभयो ।
कार्यक्रममा बाल अधिकार समूह अध्यक्ष कलसी सिलवालले बालअधिकार समूहले बालबालिकालाई जागरुक बनाउने हुँदा सिङ्गो समाज नै जागरुक हुने बताउनु भयो ।
बाल अधिकार समूहद्वारा बालश्रम बाध्यता र सृजित परिस्थितिसम्बन्धी सडक नाटक प्रदर्शनमा बालअधिकार समूह अध्यक्ष कलसी सिलवाल, राष्ट्रिय रोटरी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक गाविन्द पौडेल, सहायक प्रद्यानाध्यापक साधुराम रिजाल, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीयको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण इन्सेककी सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…