बागमती प्रदेश प्रहरी प्रमुखसँग इन्सेकको टोलीद्वारा मानव अधिकारको विषयमा छलफल
बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण राणासँग इन्सेकको अध्यक्ष डा. कुन्दन अर्याल नेतृत्वको टोलीले ०८० जेठ २५ गते मानव अधिकार अवस्थाको विषयमा छलफल गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयमा पुगेर अध्यक्ष अर्यालसहितको टोलीसँग डिआइजी राणाले मानव अधिकारको रक्षाका लागि सरकार समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
संविधानले व्यवस्था गरेको नागरिकको अधिकार पनि राज्यले दिन नसकेको भन्दै मानव अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताउँदै इन्सेकले नागरिकको सरल जीवन जीउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ ग्रहण गर्दै डिआइजी राणाले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको सङ्कलन र विश्लेषणले भविष्यमा मानव अधिकारको अवस्थाको अभिलेख हुने बताउनु भयो ।
मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमी ल्याउन सरकारसँग सहकार्य भए मानव अधिकारको संरक्षणमा थप सुधार हुने भन्दै अध्यक्ष अर्यालले समग्र मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउनु भयो ।
विशेष गरी राज्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा शून्यमा झार्न सरकार लाग्नुपर्ने भन्दै विभिन्न प्रकारका जनचेतना कार्यक्रमहरू आयोजनाका साथ प्रदेश सरकारसँगै काम गर्न इन्सेक तयार रहेको अध्यक्ष अर्यालको भनाइ छ ।
सशस्त्र द्वन्द्वका समयदेखि नै मानव अधिकारको संरक्षणका लागि इन्सेकले काम गर्दै आएकोमा हाल शिक्षा, स्वास्थ्य, खाद्य लगाएतको क्षेत्रमा सचेतनाको काम गरिरहेको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले जानकारी गराउनु भयो ।
प्रहरीको सुरक्षामा सुधार ल्याउन आफूले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागि परेको डिआइजी किरण राणाले बताउनु भयो ।
उक्त छलफलमा अध्यक्ष अर्यालसहित इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत कृष्ण गौतम र इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीलगायत सहभागी हुनु भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…