बहुक्षेत्रीय पोषण कार्यक्रम आगामी वर्षबाट कार्यान्वयन हुने
मन्थलीमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिया कार्याक्रम ०७८ चैत ३० गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार संरक्षण सञ्जालका ओयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्थली नगरपालिका स्वास्थ्य शाखा संयोजक केशव फुयाँलले आगामी वर्षबाट मन्थली नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाले विभिन्न प्रतिष्ठानको सहयोगमा मन्थली नगरपालिकामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
मनमोहन कार्डियाक भास्कुलर सेन्टरको समन्वयमा मुटु रोगसम्बन्धी शिविर आगामी जेठको पहिलो हप्ता सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
यसैगरी मन्थली नगरपालिकाका सबै नागरिकको मिर्गौला परीक्षण यस वर्ष सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
परीक्षणबाट समस्या देखिएकालाई थप उपचारको लागि रिफर गरिएको उहाँले बताउनुभयो ।
मन्थली नगरपालिकाको महाशाखा प्रमुख हेमन्त बुढाथोकीले नयाँ शैक्षिक सत्र सुरुवात हुनै लाग्दा विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रमको थालनी गरिएको जानकारी दिनुभयो ।
उहाँले शिक्षा स्वास्थ्य, खाद्य अधिकार र आवसको क्षेत्रमा नगरपालिकाले नीति नै बनाएर काम गरेको बताउनुभयो ।
कार्यक्रममा कृषि विकाश शाखा प्रमुख योवन कुमार सुनुवारले कृषि मेसिनरी सामाग्री वितरण गर्ने, कृषि उपज वस्तुमा मूल्य एक रूपता कायम गर्ने, रैथाने बाली प्रवर्द्धनमा समेत जोड दिने योजना रहेको जानकारी दिनुभयो ।
सञ्जाल संयोजक पाण्डव प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी, पत्रकार, नागरिक अभियन्ता लगायतको सहभागिता रहेको थियो ।
नबराज पथिक
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी गाउँपालिकामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार समूहले…
मानव अधिकारसम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धि अभिमुखीकरण तालिम ०८० जेठ १२ गते विदुरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा शिवपुरी गाउँपालिका-७…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसाबाट पीडित सान्नित्रिवेणी गाउँपालिका–४ की २४ वर्षीया कोपिला शाहीलाई कानुनी प्रकृयामा जान इन्सेकले जेठ १० गते प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सहयोग गरेको छ । २४ वर्षीय पति…
छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन
बराहताल गाउँपालिका–७ लामाखालीमा छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । इन्सेकद्वारा गठित श्री प्रगतिशील सुर्यज्योती बाल अधिकार समूहको आयोजनामा तथा बराहताल मानव अधिकार समूह र श्री सुर्यज्योती माध्यमिक…
सरकार र गैससको प्रयासबाट नै मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिन्छः मुख्यमन्त्री
राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारबीच समन्वय र सहकार्य तथा गैससको संयुक्त प्रयासबाट नै मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिने…