बलात्कार प्रयास घटनाकी पीडितलाई आर्थिक सहयोग

  ०८१ मङ्सिर ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार प्रयास घटनाकी पीडित २९ वर्षीया महिलालाई ०८१ मङ्सिर ७ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित महिलालाई ०८१ भदौ २४ गते ब्रहमपुरी गाउँपालिका–६ का ३६ वर्षीय रामिश्वर राय यादवले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा असोज ५ गते उजुरी दिनुभएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ६ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपित यादव असोज १४ गतेदेखि पुर्वपक्षका लागि सर्लाही जिल्ला कारागार थुनामा छन् ।

पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेकोले न्यायिक प्रक्रियामा सहयोग पुग्ने आशामा इन्सेक मधेस प्रदेश कार्यालयले पीडितलाई आर्थिक सहयोग गरेको संयोजक राजु पासवानले बताउनु भयो ।

बुधन साह