बलात्कार प्रयास घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

  ०८१ फागुन २८ गते

डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ फागुन २८ गते बलात्कार प्रयास घटनाकी पीडित ३२ वर्षीया एकल महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडितलाई आर्थिक सहयोग इन्सेक मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान गरेको इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले बताउनु भयो ।

पीडित महिलालाई ०८१ मङ्सिर र २ गते मलंगवा नगरपालिका-११ गम्हरीयाका ३७ वर्षीय भरोसी राय यादवले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, मलंगवामा ०८१ मङ्सिर २७ गते उजुरी दिनुभएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते जिल्ला अस्पताल, मलंगवामा भएको थियो ।

आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय, मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनुभयो ।

पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले पीडित महिलालाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।

बुधन साह